चीन र अमेरिकाबीच अर्थतन्त्र र व्यापार क्षेत्रको व्यवहारिक समाधानका लागि छलफल

चीन र अमेरिकाबीच अर्थतन्त्र र व्यापार क्षेत्रको व्यवहारिक समाधानका लागि छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चिनियाँ उप प्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका बिषयमा बिहीबार छलफल भएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शु युथिङले भने, “चीनका उप प्रधानमन्त्री र अमेरिकी अर्थ मन्त्री जेनेट एल येलेनबीच भिडियोमार्फत् वर्तमान् आर्थिक अवस्था र आपूर्तिबारे आफ्ना धारणा आदान–प्रदान भएको र उक्त वार्ता रचनात्मक भएको बताए।

हाल विश्व अर्थतन्त्रको सामु गम्भीर चुनौती देखापरेको छ । समष्टिगत नीति क्षेत्रमा चीन र अमेरिकाबीचको आदान–प्रदान बढाउनु र विश्वको व्यवसाय आपूर्ति श्रृंखलाको स्थिरताको संरक्षण गर्नु चीन, अमेरिकाको साथै समग्र विश्व समुदायका लागि हितकर हुने बताइएको छ ।

वार्तामा अमेरिकाले कतिपय चिनियाँ सामान खरिदमा अतिरिक्त कर असुल्ने गरी लगाएको कर र केही चिनियाँ सामानको प्रतिबन्ध हटाएकोमा चीनले अमेरिकी कदमको प्रशंसा गरेको छ ।

उक्त अवसरम दुई पक्षबीच आर्थिक तथा व्यापारिक टोलीहरूले भविष्यमा घनिष्ठ सम्पर्क गर्ने, समष्टिगत आर्थिक नीतिको आदान–प्रदान गर्ने र अर्थतन्त्र तथा व्यापार क्षेत्रको व्यवहारिक समाधानका लागि छलफललाई अगाडि बढाउने विषयमा मतैक्यता व्यक्त गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ।