नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बिहीबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार दोहोरो अंकले बढेको सेयर मूल्य मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको हो ।

नियमित कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २०८० बिन्दुमा पुगेको थियो । तर त्यसपछिको कारोबारमा भने उक्त वृद्धि टिक्न सकेन र बजार निरन्तर रुपमा ओरालो लागेको छ । यससँगै कारोबार बन्द हुँदा परिसूचक १६.६० अंकले घटेर २०२७.३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशतले घटेको छ ।

त्यस्तै, सेयर कारोबार पनि घटेको छ । अघिल्लो दिनमा २ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ । जसमध्ये सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ७ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता १५२५ रुपैयाँमा झरेको छ ।

बिहीबार टप टेनरको शीर्ष स्थानमा आरबीबी म्युचुअल फण्ड १ रहेको छ भने टप लुजरमा समीट लघुवित्त वित्तीय संस्था रहेको छ । त्यस्तै, म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् ।