इन्धन खरिदका लागि श्रीलंकाले रुससँग मदत माग्दै

इन्धन खरिदका लागि श्रीलंकाले रुससँग मदत माग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

इतिहास कै खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले इन्धन खरिदका लागि रुसी राष्ट्रपति भ्यादिमीर पुटिनसँग सहयोग मागेको छ ।

श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षले ट्वीटरमा आफूले रुसी राष्ट्रपति भ्यादिमीर पुटिनसँग वार्ता गरेको र उक्त वार्ता सफल रहेको जनाएका छन् ।

गत साता श्रीलंकन अर्थमन्त्रीले देश थप पेट्रोलियम पदार्थ किन्न सक्ने अवस्थामा नभएको र छोटो समयमा नै स्टोरमा राखिएको इन्धन पूर्ण रुपमा सक्किने बताएका थिए । त्यसै अनुरुप राष्ट्रपति गोतापायाले रुससँग पेट्रोलियम पदार्थ खरिदमा सहयोग मागेका छन् ।

यसैगरी, राजापाक्षले भ्यादिमीर पुटिनसँग मोस्को–कोलोम्बो फलाइट सुचारु गर्न आग्रह समेत गरेका छन् । आम्दानीको श्रोत नै पर्यटन रहेका कारण श्रीलंकाले रुसबाट हुने उडान सञ्चालनका लागि आग्रह गरेको हो ।

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले यस अघि पनि रुसबाट इन्धन आयात गर्दै आएको छ । देशमा व्याप्त संकटको सामना गर्न श्रीलंकाले भारत र चीनसँग पनि सहयोगको अपेक्षा गरेको छ र वार्ता अघि बढाएको छ ।

श्रीलंकामा मुद्रास्फीति दर ५४.६ प्रतिशत पुगेको छ भने खाद्य पदार्थको मूल्य ८० प्रतिशतले बढेको छ । मुद्रास्फीतिको सामना गर्न श्रीलंकाको केन्द्रीय बैंकले १ प्रतिशतले औसत ब्याज दर वृद्धि गरेको छ ।

युद्धका कारण विभिन्न प्रतिबन्धहरुको सामना गरिरहेको रुसले वर्तमान समयमा श्रीलंकालाई आवश्यक सहयोग गर्न चाहेता पनि नसक्ने अवस्थामा रहेको बिबीसीले जनाएको छ ।