सिवाईसी र आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तको सेयर कारोबार आज असार २३ गतेबाट रोक्का गरेको हो। 

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच हिजो असार २२ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

नेप्सेले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरिएको जनाएको छ।