मुक्तिनाथ विकास बैंकको साधरण सभा पुस २९ मा, के-के छन् एजेन्डा ?

मुक्तिनाथ विकास बैंकको साधरण सभा पुस २९ मा, के-के छन् एजेन्डा ?


काठमाडौं – मुक्तिनाथ विकास बैंककाे १८ औँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारण सभा यही पुस २९ गते पोखराको बुलौदीस्थित पोखरा इमेन्ट सेन्टरमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेकाे हाे ।

सभाले १०० रुपैयाँ अंकित दरले २ अर्ब रुपैयाँ बराबरको मुक्तिनाथ ८. ५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायबाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ । अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँबाट वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९.८ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने र सोहीबमोजिम प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरको बाटो पनि खुला गर्नेछ। अन्य बैंक तथा वित्तीय संस्था मर्जरका लागि उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसकारण पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।