वर्षकै उत्कृष्ट मुद्रा मानिएको रुबलको मूल्यमा भारी गिरावट

वर्षकै उत्कृष्ट मुद्रा मानिएको रुबलको मूल्यमा भारी गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

डलर शक्तिशाली भएसँगै वर्षकै उत्कृष्ट मुद्रा मानिएको रुबलको मूल्यमा गिरावट आएको छ ।

एक साता अघि सात वर्ष यताकै उच्च भएको रुबल, डलर शक्तिशाली भएसँगै २० प्रतिशत भन्दा धेरैले ओरालो लागेको हो । गत जुन २९ मा १ डलर बराबर ५२.५० रुबलमा कारोबार भएता पनि आज १ डलर बराबर ६४.९५ रुबल हुन पुगेको छ ।

रुसी अर्थतन्त्र १० प्रतिशतले खुम्चिँदा, रुबल बलियो भइराख्नु क्षणिक रहेको र अर्थतन्त्रको नियम विपरीत रहेको टिप्पणी अर्थशास्त्रीहरुले गर्दै आएका थिए ।

रुसले युक्रेनमा युद्ध सुरु गर्नु अघिको मूल्यमा रुबल पुग्नु तर मुद्रा बलियो भएता पनि आर्थिक वृद्धि नहुँदा रुसी सरकारले मुद्रालाई थप बलियो हुन नदिन छलफल अघि बढाएको थियो । यसै सम्बन्धमा रुसी अर्थमन्त्री एन्टन सिलुवानोभले बढ्दो रुबलको मूल्य नियन्त्रण गर्न सरकारले हस्तक्षेप गर्ने बताएपछि रुबल थप ओरालो लागेको हो ।

बुधबार रुबल डलरको विरुद्ध ४.५ प्रतिशत घटेको छ भने युरो विरुद्ध ३.५ प्रतिशत घट्न पुगेको छ ।