अप्पर सोलुको साढे १९ करोडको आईपीओ किन्ने आज अन्तिम दिन

अप्पर सोलुको साढे १९ करोडको आईपीओ किन्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साढे १९ करोड रुपैयाँ मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन हो ।

कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको उक्त सेयरमा ९असार २३ गते० बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले कुल १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशित कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाको २३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।

कति पर्‍यो आवेदन ?

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबारसँझसम्म कम्पनीको आईपीओमा ११ लाख ९ हजार ७६२ वटा आवेदनबाट १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको माग परेको छ ।

कम्पनीको सेयरमा सर्वसाधारणबाट माग गरिउको संख्याको ७।०६ गुणा बढी अर्थात १ करोड २८ ालख ४६ हजार ९९० कित्ताको माग परेको हो । कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरी सर्वसाधारणबाट लागि १८ लाख २० हजार ४७५ कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।