बैंकिङ्ग निक्षेप स्थिर रहँदा कर्जा प्रवाह बढ्यो, अन्तर बैंक ब्याजदर ३ प्रतिशत 

बैंकिङ्ग निक्षेप स्थिर रहँदा कर्जा प्रवाह बढ्यो, अन्तर बैंक ब्याजदर ३ प्रतिशत 

‘सीडी रेसियो ७८.८३ प्रतिशत’ 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ । केन्द्रीय बैंकको पुष ४ गतेको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ५६ अर्ब बराबरको निक्षेप संकलन भएको छ । अघिल्लो दिन पनि सोही रकम बराबरको निक्षेप संकलन भएको थियो । 

यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेप पनि स्थिर नै रहेको छ  अघिल्लो दिन  ५९ खर्ब २० अर्ब प्रवाह गरेका वाणिज्य बैंकहरुले पुष ४ गतेपनि सोही रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

समिक्षा अवधिमा निक्षेप संकलन स्थिर रहँदा कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ । पुष ३ गते ५३ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ४ गते ५३ खर्ब ३४ अर्ब कर्जा  प्रवाह गरेका छन् । 

सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि बढेको छ । पुष ३ गते ४७ खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ४ गते ४७ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका छन् । 

केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.८३ प्रतिशत रहेको छ । त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।