पिपुल्स पावरको आइपीओमा आवेदन दिने म्याद थप,अब कहिले सम्म भर्न पाइने ?

पिपुल्स पावरको आइपीओमा आवेदन दिने म्याद थप,अब कहिले सम्म भर्न पाइने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्याइएको हो ।

कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गरेको हो ।

यी मध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।