दोहोरो अंकले नेप्से घट्दा चार अर्बको कारोबार

दोहोरो अंकले नेप्से घट्दा चार अर्बको कारोबार

‘बैंकिङ्ग समूहको मूल्य ०.८७ प्रतिशतले घट्याे'


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशलमव ५३ अंकले घटेर २,५८३ को विन्दुमा कायम भएको छ ।

आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १२ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावरको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर र बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् । आज ११ वटा उपसूचक राताम्य भएका छन् ।

आज विकास बैंक समूहको २.२५ प्रतिशत, बैंकिङ्ग समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।