रद्द भएकाे वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर जाँच्ने प्रक्रिया पुनः सुरू

रद्द भएकाे वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर जाँच्ने प्रक्रिया पुनः सुरू


काठमाडौं – १० वटा वाणिज्य बैंकको सम्पत्ति (ऋण) को गुणस्तर जाँच (एलपीआर) गर्न परामर्शदाता छनोट प्रक्रिया पुनः सुरु भएको छ । केन्द्रीय बैंकले यसअघि ६ महिनासम्म अघि बढाएर रद्द गरेको छनोट प्रक्रियालाई पुनः निरन्तरता दिन लागेकाे हाे ।

अघि बढाउन लागिएको हो । यो प्रक्रिया शून्यबाटै सुरु गर्न नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै इच्छुक परामर्शदाता संस्थालाई आशयपत्र पेस गर्न आग्रह गरेको छ । यसका लागि १५ दिन (जनवरी ६ सम्म) को समय निर्धारणा गरिएकाे छ ।

राष्ट्र बैंकले यसअघि गत मार्च २२ गते पहिलो पटक उक्त आशयपत्र खुला गरेको थियो । त्यतिबेला पनि १५ दिनको समय दिएर गरिएको आह्वानमा पाँचवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सर्टलिस्ट भएका थिए ।