मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपिओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

उक्त कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ५ लाख ८८ हजार ३ हजार ७ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको हो ।

उक्त कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रूपैयाँ बराबरको १७ लाख ६४ हजार एक सय १० कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको थियो ।