सिभिल बैंकले ऋणपत्र बिक्री गर्ने, अनुमति माग्दै बोर्डमा दियो निवेदन

सिभिल बैंकले ऋणपत्र बिक्री गर्ने, अनुमति माग्दै बोर्डमा दियो निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिभिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

ग्लोबल आइएमई क्यापिटललाई यो ऋणपत्रमा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

जसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी ३० लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने भएको छ ।
सिभिल बैंकले “११ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर प्रदान हुनेछ ।