बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । बैंकले सामाजिक उतरदायित्व अन्तर्गत उक्त मर्मतसम्भार गरेको हो ।
एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौर मै पढन बाध्य थिए ।
बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया