साताको शेयर बजार : ८५ अंकले घटेर २५ सय अंकको बिन्दुमा परिसूचक

साताको शेयर बजार : ८५ अंकले घटेर २५ सय अंकको बिन्दुमा परिसूचक


काठमाडौं – यो साता शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यो साता गत साताको तुलनामा ८५ दशमलव ४७ अंकले घटेको हो ।

गत साताको बिहीबार २६८२ दशमलव अंकमा बन्द भएको शेयर बजार यो साताको बिहीबारसम्ममा आइपुग्दा २५९६ दशमलव ८२ अंकमा बन्द भएको हो । गत साता बिहीबार ६ अर्ब ८ करोड ५६ लाख बराबरको कारोबार भएको थियो । यो साता बिहीबार भने ४ अर्ब ७० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यो साता आइतबार बन्द रहेको नेप्से परिसूचक सोमबार ५१ दशलमव ३७ अंकले घटेर २,६३० को विन्दुमा कायम भएको थियो भने ५ अर्ब ९३ करोडको कारोबार भएको थियो । त्यस्तै, सोमबार घटेको बजार मंगलबार २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा आउँदा ४ अर्ब २९ करोडको कारोबार भएको हो ।

त्यसैगरी, बुधबार ५.६० अकंले घटेको शेयर बजार २६२८.२६ बिन्दुमा बन्द हुँदा ४ अर्ब २१ करोडको शेयर कारोबार भएको हो ।