काठमाडौं – यो साता सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको छ । यो साताको आइतबार एकैदिन सुनको मूल्य २ हजार रुपैयाँले घटेर सुरू भएको थियो । आइतबार २ हजार रूपैयाँले घटेको सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको थियो । त्यसदिन सुन प्रतितोला ४ सय रूपैयाँले बढ्दै एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यो साताको मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार २ सयले बढेको सुनको मूल्यमा बुधबार ७ सय रूपैयाँको गिरावट देखियो । त्यसदिन सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य आज १७ सय रुपैयाँले घटेको थियो ।
त्यसदिन सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य ५ सय रूपैयाँ घट्दै १ लाख ४८ हजार ५ रुपैयाँमा कारोबार भयो ।
कुन दिन कति थियाे सुनकाे मूल्य ?
आइतबार – एक लाख ५० हजार ८०० रुपैयाँ
सोमबार – एक लाख ५१ हजार २०० सय रुपैयाँ
मंगलबार – एक लाख ५१ हजार ४०० रुपैयाँ
बुधबार – १ लाख ५० हजार ७ सय रुपैयाँ
बिहीबार – १ लाख ४९ हजार रुपैयाँ
शुक्रबार – १ लाख ४८ हजार ५ रुपैयाँ
सम्रगमा याे साता सुनकाे मूल्य २३ सय रूपैयाँले घटेकाे छ । आइतबार एक लाख ५० हजार ८०० रुपैयाँमा काराेबार भएकाे सुन शुक्रबार १ लाख ४८ हजार ५ रुपैयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया