गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकको लाभांश घोषणा


काठमाडाैं – गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकको निर्णय अनुसार आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले लाभांश पाउने भएका छन् ।