ह्याकरको निशानामा बैंकिङ्ग क्षेत्र, ३ करोड बढी रकम गायब

ह्याकरको निशानामा बैंकिङ्ग क्षेत्र, ३ करोड बढी रकम गायब


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलको बैंक खाता ह्याक गरेर ह्याकरले करिब ३ करोड बढी रकम गायब बनाइएको पाइएको छ । सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ हराएको उजुरी परेसँगै सो घटना बाहिरिएको हो ।

प्रहरीकोमा परेको उजुरीका आधारमा प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । दुई महिनाअघि पटक–पटक खाताबाट अनलाइन बैंकिङ्गमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको देखिएको हो । सिटिजन्स बैंकले भने आफ्नो सफ्टवेयरमा समस्या नभएको देखाएको हो । बैंकले खाता धनीले पासवर्ड शेयर गरेको कारण नै यो समस्या आएको बताएको हो।

पछिल्लो चरण बैंकिङ्ग क्षेत्रमा बैंकिङ्ग ह्याकिङ गर्नेहरूको गिरोह नै लागि रहेको प्रहरीको बुझाइ छ । बैंकमा नयाँ नयाँ तरिकाले ह्याक गर्ने प्रवृत्ति रहेकाले बैंकिङ्ग क्षेत्रकै लागि चुनौती थपिएको बैंकरहरुको बुझाइ छ । केही समयअघि नेपाल राष्ट्र बैंककै सर्भरमा पनि साइबर आक्रमण भएको घटना बाहिरिएको थियो ।