काठमाडौं – कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आवको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया