पूँजी वृद्धिको प्रस्तावसहित सिटिजन लाइफले बोलायो साधारणसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा साउन ६ गते बस्ने भएको छ ।
कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभामा नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा पहिचान तथा छनोट गरी समझदारी पत्रमा हस्ताक्षर गर्ने, लेखापरिक्षण नियुक्त गर्ने तथा अन्य छलफलहरु हुनेछन् ।