बढ्दाे बैंकिङ्ग कसुरका घटना, चार महिनामा ४३ सय उजुरी दर्ता

बढ्दाे बैंकिङ्ग कसुरका घटना, चार महिनामा ४३ सय उजुरी दर्ता


काठमाडौं –पछिल्लो समय दिनानुदिन बैंकिङ्ग कसुरका घटना बढ्दै गएको देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०८१ साउनदेखि कात्तिकसम्म उपत्यकामा मात्र २ हजार ६२९ बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा उपत्यकामा २ हजार ३७९ मुद्दा दर्ता भएका थिए ।

त्यस्तै, देशभरको तथ्यांक हेर्ने हो भने पछिल्लो ४ महिनामा ४ हजार ३५९ मुद्दा दर्ता भएका छन् । गत आवको सोही अवधिमा ४ हजार १९० मुद्दा दर्ता भएका थिए । बैंकिङ्ग कसुरका कुल मुद्दामध्ये ५७ दशमलव ७७ प्रतिशत उपत्यकामा दर्ता भएका छन् ।

गत आवमा देशभरबाट बैंकिङ्ग कसुरका १३ हजार २ सय ६३ वटा मुद्दा दर्ता भएका थिए ।