अपर तामाकोशीद्धारा स्थानीय बासिन्दालाई सेयर डिम्याट गर्न आग्रह

अपर तामाकोशीद्धारा स्थानीय बासिन्दालाई सेयर डिम्याट गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय सेयरधनीहरूलाई हितग्राही खाता (डिम्याट) खोली सेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि बाँडफाँड गरिएको सेयर, भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीहरूको सुविधाको लागि सोझै सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने गरी अभौतिकिकरण गर्ने व्यवस्था रहेको रहेको जनाएको छ ।

कम्पनीले हालसम्म पनि उल्लेख्य संख्यामा सेयरधनीहरूले डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र सेयर अभौतिकिकरण गर्नको लागि सूचना प्रकाशित गरेको हो ।

सेयर डिम्याट खातामा अभौतिकिकरण पश्चात् मात्र सेयर खरीद बिक्री गर्ने सुविधा प्राप्त गर्नका साथै भविष्यमा वितरण गर्ने बोनस सेयर तथा अन्य सुविधाहरू हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट २०७९ असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको क्यापिटलले जनाएो छ । हितग्राही खाता (डिम्याट) खोली अभौतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय सेयरधनीहरू लगायत सम्पूर्ण सेयरधनीहरूले यथासक्य २०७९ असार मसान्तसम्म निःशुल्क खाता खोली सेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ ।

यो सुविधाको लागि सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी तथा सनराइज बैक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूमा सम्पर्क गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटो सहित स्वयं उपस्थित भई हितग्राही खाता खोल्न सकिने जनाइएको छ ।

यस्तै नाबालक सेयरधनीहरूको हकमा नाबालकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो पेश गरी संरक्षकले नाबालकको हिताग्राही खाता खोल्न सकिनेछ ।

साथै सनराइज क्यापिटल लिमिटेडको वेवसाइटमा गई अनलाइनबाट समेत निःशुल्क डिम्याट खाता खोल्न सकिने क्यापिटलले जानकारी दिएको छ ।