काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले गरेको लगानी उठाउन नसक्दा तनावपूर्ण अवस्थामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल बैंकर्स संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै बैंकिङ्ग प्रणालीलाई सुरक्षित राख्न सकिरहेको बताएका हुन् ।
अधिकारीले कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ्ग क्षेत्र खरो बनेर उभिएको भन्दै विश्वव्यापीकरणको लाभ लिइरहँदा विश्वव्यापी रूपमा स्वकेन्द्रीत हुन थालिएको बताएका हुन् । उनले बैंकिङ्ग क्षेत्रमा काम गर्दा प्रशस्त चुनौतीहरु सामना गर्नुपर्ने भन्दै बैंकिङ्ग क्षेत्रप्रति गौरव गर्नुपर्ने धारणा व्यक्त गरे ।
पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको भन्दै उनले प्रोभिजन बलियो रहेका कारण बैंकलाई बचाउँने बताए । उनले ऋणको साँवा ब्याज नउठेको अवस्थामा पनि बैंकहरु बचिरहेको भन्दै प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको दावी गरे ।
प्रतिक्रिया