काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर मनोवैज्ञानिक प्रभावमा रहेको बताएका छन् । बैंकिङ्ग क्षेत्रमा ऋण तिर्नु पर्दैन भन्ने किसिमको भ्रम सिर्जना भएका कारण बैंकरलाई तनाव सिर्जना भएको भन्दै शाखाबाट काम गर्न कठिन भएको भन्दै उनले जसको मनोवैज्ञानिक असर बैंकरलाई परेको उल्लेख गरेका हुन् ।
गभर्नर अधिकारीले पोलिसि समयसमयमा परिवर्तन भइरहन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बजारको आवश्यकता अनुसार पोलिसि परिवर्तन हुनुपर्ने बताएका हुन् ।
उनले बैंक सस्टेन हुनका लागि बैंकले नाफा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका हुन् । उनले कर्जा संकलनमा बैंकरहरूलाई तनाव भइरहेको बताए । उनले पछिल्लो दिन सुधारको लहर देखिन थालेको भन्दै हिजो नोक्सानी व्यवस्था गरेको रकम फिर्ता हुने र लगानीकर्ताले प्रतिफल पाउँने बताएका छन् ।
प्रतिक्रिया