नेप्से ५८ अंकले बढ्यो, ९ कम्पनीको सेयरमूल्यमा सर्किट

नेप्से ५८ अंकले बढ्यो, ९ कम्पनीको सेयरमूल्यमा सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

साताको पहिलो कारोबार दिन नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका सबे उपसमुहगत सूचकमा हरियाली छाएसँगै नेप्सेमा उच्च अंकको वृद्धि अएको हो ।

आइतबारको बजारमा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको कारोबार भयो ।

आज २३१ कम्पनीका ६२ लाख २७ हजार ६९२ कित्ता सेयर ४५ हजार १२० वटा संख्यामा खरीद बिक्री भएका छन् । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १०।२२ अंकले बढेर ३९८.८४ बिन्दुमा पुगेको छ ।

यसदिन विभिन्न ९ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ । साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, साञ्जेन जलविद्युत, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो ।

यस दिन बिओके डिबेञ्चरको मूल्य सर्वाधिक ९.३१ प्रतिशतले घट्दा ङादी ग्रुप पावरको मूल्य ३.२३ प्रतिशत र प्रभु सेलेक्ट फन्डको सेयरमूल्य ३.१८ प्रतिशत, नबिल ब्यालेस्ड फन्ड ३को इकाई २.५५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य २.१९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ङादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजारको कारोबार भएको छ । कम्पनीले जारी गर्ने चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेकाले आइतबार सर्वाधिक कारोबार भएको हो । हकप्रदको लोभमा लगानीकर्ताहरू झुम्मिँदा यो कम्पनीको सबैभन्दा धेरै कारोबार भयो ।

यस्तै हिमालयन डिष्टिलरी ८.८१ करोड, शिवम् सिमेन्टस् ६.९७ करोड, एनआईसी एशिया बैंक ६ करोड ८९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ६.२६ करोडको सेयर खरीद बिक्री भएको छ ।

आज ब्यापार उपसमुहगत सूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने जलविद्युत ५.६३, उत्पादन तथा प्रशोधनमुलक ४.९० प्रतिशत, अन्य ४.७५ प्रतिशत र फाइनान्समा ४.२१ प्रतिशतको उच्च वृद्धि आएको छ ।

होटल, विकास बैंक, लघुवित्त र लगानी ३ प्रतिशत माथि बढेको बजारमा निर्जीवन बीमाको इन्डेक्स २ प्रतिशत बढीले बढेको छ । बैंकिङ्ग र जीवन बीमा १ प्रतिशत बढी बढ्ला म्युचअल फन्डको इन्डेक्स सबैभन्दा कम ०.४४ प्रतिशतले बढेको छ ।