सहकारी ठगी प्रकरण : ऋषिकेश पोखरेलकी पत्नीविरुद्ध पक्राउ पुर्जी

सहकारी ठगी प्रकरण : ऋषिकेश पोखरेलकी पत्नीविरुद्ध पक्राउ पुर्जी


काठमाडौं – सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा पोखरेल पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

सो सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रतिवादी बनाइएका २६ जनामध्ये रोशन राजवंशी पुर्पक्षका लागि थुनामा छन् ।सो सहकारीबाट २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको अभियोग पत्रमा उल्लेख छ ।