काठमाडौं – नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी परेको हो ।
मंगलबार अध्यक्षका अर्को प्रत्यासी अशोक शेरचनले अध्यक्षको दावी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिएपछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइराला निर्विरोध अध्यक्ष बनेका हुन् ।
गत साता संघको अध्यक्षका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले उम्मेद्वारी दर्ता गराएका थिए ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी चयन भएका छन् ।
प्रतिक्रिया