नेप्से परिसूचकमा झिनो अंकको सुधार, ४ अर्बको कारोबार

नेप्से परिसूचकमा झिनो अंकको सुधार, ४ अर्बको कारोबार

'बैंकिङ्ग समूहको ०.१७ प्रतिशतले मूल्य बढ्याे'


काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो सुधार देखिएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा कायम भएको छ । आज३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ताशेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोछ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १२ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जानकी फाइनान्सका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै केथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज ८ उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ्ग समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिश, होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।