आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन् । इन्स्योरेन्स र क्लिनिकबीच आइतबार सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशकशिव राज केसीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुलाई  महाराजगंजस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा प्राप्त हुने सेवाहरु (एक्सरे, युएसजी, इसिजी, इको) मा १० प्रतिशतसम्म र ओपिडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुनेछ ।