रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो


गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।