लक्ष्मी लघुवित्तले डाक्याे १३ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ? 

लक्ष्मी लघुवित्तले डाक्याे १३ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ? 


काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्नो १३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालन समितिको पुष १ गते बसेको बैठकको निर्णय अनुसार कम्पनीको १३ औं साधारण सभा पुष २६ गते गर्ने भएको हो ।

कम्पनीले साधारण सभाको प्रयोजनार्थ पुष १६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरण नगर्ने र कम्पनीको प्रस्ताव अनुसार नै नेपाल राष्ट्र बैंकबाट साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्ने भएकाे छ ।