काठमाडौं – प्रहरीले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाइएकाे बताइएको छ ।
सभापति लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अब आजको दिन मात्र बाँकी छ । कास्की हिरासतमा रहेपनि लामिछानेलाई अनुसन्धानका क्रममा यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्याएर बयान लिइएको थियो ।
लामिछानेसहित प्रतिवादीहरूविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान जारी नै छ। चितवनमा सहारा सहकारी, रूपन्देहीको सुप्रिम सहकारी, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया