काठमाडौं – एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८. २५ प्रतिशत लाभांश दर कायम गरी ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने भएको हाे ।
बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
यो शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया