महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?


काठमाडौं – महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज (पुष) १ गतेको बैठकलेनगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएकाे छ ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने कम्पनीले जनाएको छ ।