शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह



काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७५र७६ को नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।

बैंकले तोकिएको अवधिभित्र भुक्तानी नलिएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी दिएको छ ।

उक्त वर्ष कम्पनीले कर समेत २२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आगामी एक महिनाभित्र कम्पनीको केन्द्रिय कार्यालय वानेश्वर, काठमाडौंमा सम्पर्क राखी आफ्नो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।