काठमाडौ – एभरेष्ट बैंक लिमिटेडले पुस १ गतेदेखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर महिनामा लागु भएको ब्याजदरलाई पुष महिनाका लागि पनि लागु गर्ने गरी सार्वजनिक गरेको हो । एभरेष्ट बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर भोलि अर्थात पुष १ गतेदेखि लागु हुने भएको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ६ प्रतिशतका दरले ब्याज लागु गर्ने भएको छ ।
साथै बैंकले व्यक्तिगत मुद्दति निक्षेप, संस्थागत मुद्दति निक्षेप तथा बचत लगायतका समग्र खाताहरुको पनि मंसिर महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको छ ।
प्रतिक्रिया