नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौ – नबिल बैंक लिमिटेडले पुस १ गतेदेखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुस महिनामा मुद्दति निक्षेपमा न्यूनतम् ३ प्रतिशत र अधिकतम् ५.७५ प्रतिशतका दरले ब्याज लागु गर्ने भएको छ ।

त्यस्तै, बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा तीन महिनादेखि १ वर्ष सम्मको लागि ५ प्रशितत, १ वर्षदेखि २ वर्षसम्मको अवधिको लागि ५.२५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा तीन महिनादेखि १ वर्ष अवधिको लागि ३ प्रतिशत र पाँच वर्षमाथि अवधिको लागि ४.२५ प्रशित ब्याजदर निर्धारण गरेको छ।

नबिल बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर भोलि अर्थात पुष १ गतेदेखि लागु हुने भएको छ ।