डिम्याट खाताको नवीकरण शुल्क बुझाउन बिओके क्यापिटलको अनुरोध

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन बिओके क्यापिटलको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बिओके क्यापिटलले आफ्ना ग्राहकलाई हितग्राही ९डिम्याट० खाताको वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

बिओके क्यापिटल तथा बैंक अफ काठमाण्डू लिमिटेडका कुनैपनि शाखामा हितग्राही खाता खोलेर धितोपत्रको कारोबार गरिरहेका ग्राहकहरुलाई यही असार मसान्तभित्र नवीकरण शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको हो ।

क्यापिटलले धितोपत्र केन्द्रीय निक्षेप विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आव २०७८  ७९ को लागि वार्षिक शुल्क १०० तथा अघिल्लो आर्थिक वर्षहरुमा समेत डिम्याट सञ्चालन गरे प्रत्येक आवको वार्षिक शुल्क १०० का दरले बुझाउन भनेको हो ।

विनियमावली अनुसार हितग्राही खाता सञ्चालन गरेवापत ग्राहकले हरेक आर्थिक वर्षमा १०० रुपैयाँ र मेरो सेयरको सेवा प्रयोग गरे वापत वार्षिक ५० रुपैयाँ बुझाउनुपर्छ । सोही अनुसार क्यापिटलले असार मसान्तभित्रै शुल्क भुक्तानी गर्न अनुरोध गरेको छ ।

तोकिएको समयावधि अर्थात असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का ९फ्रिज० हुने जनाउँदै क्यापिटलले समयमा नै शुल्क भुक्तानी गर्न अनुरोध गरेको हो । आईपीओ भर्न तथा दोस्रो बजारबाट सेयर खरीद बिक्रीका लागि समेत रोक्का खाताबाट सम्भव हुँदैन ।

क्यापिटलका अनुसार उक्त शुल्क बैंक अफ काठमाण्डू लिमिटेड तथा शाखा कार्यालयहरु र क्यापिटलको कार्यालय नक्साल काठमाण्डूबाट हितग्राहीको पूरा नाम, हितग्राही खाता नम्बर र आर्थिक वर्ष उल्लेख गरेर बुझाउन सक्नेछन् । यस्तै विद्युतीय माध्यमबाट इ सेवा, खल्ती, आइएमई पे, प्रभु पे, फोन पे तथा कनेक्ट आईपीएस मार्फत डिम्याट खाता खोलेका हितग्राहीले उक्त शुल्क बुझाउन सक्ने क्यापिटलले जनाएको छ । लगानीकर्ताले क्यापिटलको खाता नम्बर ०१०००००६३३५३५२४ मा रकम जम्मा गनुपर्नेछ ।

यस्तै मेरोसेयर सेवा लिई रहेका हितग्राहीले सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नगरे उक्त सेवा स्वतः बन्द हुने भएकाले सर्वाजनिक निष्काशनमा आवेदन गर्न सक्दैनन् । यसकारण क्यापिटलले समय अवधिभित्र नवीकरण शुल्क बुझाएर निर्धक्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।