मिर्मिरे र बुद्ध ज्योति लघुवित्तले बोलाए विशेष साधारण सभा

मिर्मिरे र बुद्ध ज्योति लघुवित्तले बोलाए विशेष साधारण सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थाले असार ३१ गते विशेष साधारण सभा बोलाएका छन् ।

एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका यी दुई लघुवित्तले दुबै कम्पनीको विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ती प्रकृयामा भए गरेका काम कारवाही अनुमोदन गर्नका लागि विशेष साधारण सभा आह्वान गरेका हुन् ।

मिर्मिरेले होटल सारथी, धुलीखेलमा बिहान ११ बजे र बुद्ध ज्योतिले कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी साँस्कृतिक नगरपालिका पर्सा, रुपन्दैहीमा बिहान ११ बजे आह्वान गरेको छ ।

दुबै कम्पनीको विशेष प्रस्तावका रुपमा चल अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) का आधारमा स्वाप रेसियो पारित गर्नेछ ।

यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति  गर्ने सम्बन्धमा सम्पन्न प्रारम्भिक समझदारी पत्र, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा प्राप्ति सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही तथा खर्चलाई अनुमोदन गर्ने प्रस्तावहरू सभामा पारित हुनेछन् ।

साथै, एक्वीजिशन प्रयोजनको लागी गठित संयुक्त प्राप्ति समितिबाट नियुक्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप सेयर (एफपीओ) प्रिमियममा जारी गर्ने लगायतका प्रस्तावहरू पनि विशेष साधारण सभामा रहेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।

मिर्मिरे लघुवित्तले विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले असार २४ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार असार २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।