रुसी अर्थतन्त्र मे मा ४.३% ले खुम्चियो, वार्षिक १०% ले खुम्चिने प्रक्षेपण

रुसी अर्थतन्त्र मे मा ४.३% ले खुम्चियो, वार्षिक १०% ले खुम्चिने प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सन् २०२२ को मे महिनामा रुसी अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिएको छ । गत वर्षको तुलनामा रुसी अर्थतन्त्र मे महिनामा ४.३ प्रतिशत र अप्रिल महिनामा २.८ प्रतिशतले खुम्चिएको हो ।

रुसले युक्रेनमाथि फेब्रुअरी महिनामा विशेष सैनिक अप्रेशन सञ्चालन गरेको थियो। जसकारण रुस माथि पश्चिमा देशहरुले कठोर आर्थिक तथा वित्तीय प्रतिबन्धहरु लगाएका छन् । प्रतिबन्धकै कारण रुसी अर्थतन्त्र खुम्चिएको छ ।

युरोपियन बैंक फर रिकन्सट्रकसन एन्ड डेभल्पमेन्टले सन् २०२२ मा रुसी अर्थतन्त्र १० प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । यसैगरी युद्धग्रस्त रहेको युक्रेनको अर्थतन्त्र २० प्रतिशतले खुम्चिने बैंकले प्रक्षेपण गरेको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्ववयापी रुपमा इन्धन, प्राकृतिक ग्यास तथा खाद्यान्नको आपूर्ति श्रृङ्खलामा अवरोध आएको छ । युरोपियन बैंक फर रिकन्सट्रकसन एन्ड डेभल्पमेन्टले रुस–युक्रेन युद्धका कारण आपूर्तिमा ५० वर्ष यताकै ठूलो संकट उत्पन्न भएको जनाएको छ ।

ठूलो मात्रामा अर्थतन्त्र खुम्चिदै गर्दा रुसी रुबल विश्वकै सर्वोत्कृष्ट मुद्रामा आफूलाई स्थापित गरेको छ । सन् २०२२ को जनवरी महिना देखि मे महिना सम्मको रुसको आर्थिक वृद्धि दर ०.५ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।