काठमाडौं – नबिल बैंक लिमिटेडको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ को निर्वाचनमा अनन्त पौड्याल र प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन् । हिजो सम्पन्न भएको ४० औं वार्षिक सधारण सभामा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।
साथै, सोही सभाले संस्थापक सेयरधनी श्री आईएफआईसी बैंक पीएलसी, बंगलादेशको तर्फबाट मनोनित सइद मन्सुर मुस्तफालाई सञ्चालकमा सञ्चालक समितिले निर्णय गरे बमोजिम भएको नियुक्तिलाई स्वीकृत गरी अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया