गणपति लघुवित्तको शाखा कार्यालय साँगाद्धारा एकदिने साबुन बनाउने तालिम सम्पन्न


काठमाडौं – गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले शाखा कार्यालय साँगा काभ्रेसँगको सहकार्यमा सीप विकास तालिम अन्तर्गत सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।

संस्थामा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उद्धेले १९ जना ग्राहक सदस्यहरु सहित २६ जनालाई २०८१ साल मंसिर २७ गते बिहिबारका दिन साँगामा उक्त तालिम प्रदान गरिएको हो ।

शाखा प्रबन्धक रोहिणि प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न तालिमको प्रशिक्षण विषय विज्ञ विमला नयाँजुले दिए । तालिममा सहभागिहरुलाई प्रमुख अतिथि संस्थाका अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशिले प्रमाण पत्र वितरण गरे। यस शाखाले सदस्यको क्षमता अभिवृद्धीका लागि विगत लामो समयदेखि निरन्तर सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।