सहकारी क्षेत्रको सफ्टवेयर कम्पनी एम बैंकलाई आइएसओ

सहकारी क्षेत्रको सफ्टवेयर कम्पनी एम बैंकलाई आइएसओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सफ्टवेयर कम्पनी एम बैंक टेक्नोलोजी सहकारीको क्षेत्रमा काम गर्ने संस्था मध्ये आइएसओ २७००१ : २०१३ बाट प्रमाणीकरण हुने पहिलो संस्था बनेको छ । एम बैंकले ग्राहकलाई उच्च गुणस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रदान गरेकाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१ : २०१३ प्रमाणपत्र पाएको विज्ञप्तिमा उल्लेख छ ।

योसँगै एम बैंक सहकारीको क्षेत्रमा काम गर्ने सफ्टवेर कम्पनीहरु मध्ये एम बैंक आइएसओ ९००१ तथा २७००१ प्राप्त गर्ने पहिलो सफ्टवेर कम्पनी बन्न सफल भएको छ । एम बैंकले यसअघि पनि आइएसओ ९००१ : २०१५ प्रमाणीकरण प्राप्त गरिसकेको छ ।

एप एक, सुविधा अनेक भन्ने नारा सहित सहकारी डिजिटाइजेसनमा अगाडी बढी रहेको अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदायक अग्रणी सफ्टवेयर कम्पनी  बैंक हो ।

आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१ : २०१३ बाट प्रमाणीकरण हुनुभनेको सुरक्षित तवरले काम गर्न सक्ने एउटा बिश्वासको आधार हो । यस प्रमाणीकरणले एम बैंक प्लेटफर्म अन्तर्गत ग्राहकहरुका हरेक डाटा तथा कारोबारहरु सुरक्षित रहेका छन् र त्यसमा कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ ।

कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनका अनुसार आइएसओ २७००१ इन्फोरमेसन सेच्युरिटि कम्प्लायांस प्रदर्शन गर्ने एउटा माध्यम हो, जसले ग्राहक तथा प्रयोगकर्ताको विश्वासलाई बढाउने काम गर्छ । कम्पनीले बिगत ७ बर्षदेखि आफ्नो आई. टी. पूर्वाधार तथा सिस्टममा लगानी गर्दै आएको छ र आगामी दिनहरुमा पनि ग्राहकको सुरक्षामा केन्द्रित रही आफ्नो सेवाहरु बढाउदै लैजाने प्रतिबद्दता जनाएको छ ।

मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एम बैंकले हाल सम्म देशभरका ५ सयभन्दा बढी सहकारीलाई प्रविधिमा जोडेको छ । प्रायः जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप एम बैंक हो ।