काठमाडौै– डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई प्रतिफल घोषणा गरेको हो ।
संस्थाले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनश शेयर र ०.५० प्रतिशत नगदसहित १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णयले उक्त लाभांश घोषणा गरिएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले बताए ।
प्रतिक्रिया