काठमाडौं – वाणिज्य बैंकहरुको संख्या थप घट्ने भएको छ । नेपाल एसबीआई बैंक लिमिटेडले ३१औं वार्षिक साधारणसभामा मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अगाडी सार्ने भएसँगै बैंकको संख्या घट्ने आंकलन गरिएको हो ।
बैंक सञ्चालक समितिको बैठकले पुस २१ गते हुनेछ । सभाले संचालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय संचालकहरूलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री वापतको मासिक खर्च वृद्धि गर्नेछ भने गत आर्थिक वर्ष २०८०र८१ को नाफाबाट चुक्ता पुँजीको ३।८० प्रतिशतका दरले ३९ करोड ९० लाख ५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ६.८५ प्रतिशतका दरले ७१ करोड ९२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १०।६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
कुनैबेला तीन दर्जन हाराहारीको संख्यामा रहेका वाणिज्य बैंकको संख्या निरन्तर खुम्चेर यतिबेला २० वटामा आइपुगेको छ । २०६८ भन्दा पहिले ३२ वटासम्म पुगेका वाणिज्य बैंकहरुको संख्या निरन्तर घटेर २० वटामा आइपुगेको हो ।
उता नबिल बैंकले पनि मर्जरमा जाने नीति अघि सारेको छ भने प्राइम कमर्सियल बैंक मर्जरमा जान साथीको खोजीमा छ ।
प्रतिक्रिया