साताकाे अन्तिम दिन दाेहाेराे अंकले घटेर बन्द भयाे बजार, ६ अर्बकाे काराेबार

साताकाे अन्तिम दिन दाेहाेराे अंकले घटेर बन्द भयाे बजार, ६ अर्बकाे काराेबार

'बैंकिङ्ग समूह १.७२ प्रतिशतले घट्याे'


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३३ दशमलव ४२ अंककाे गिरावट देखिएकाे छ ।

परिसूचक घटेसँगै बजार २,६८२ को बिन्दुमा बन्द भएकाे छ । आज ४० कम्पनीको मूल्य बढेको छ २०४ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड बढीकाे शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५५ प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । राबीबी म्युचुअल फन्ड २ का इकाइधनीले ७ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्ग समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, फाइनान्स समूहको २.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।