काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ ।
जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले अदालत उपस्थित गराइएको थियो।
प्रतिक्रिया