बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति बढ्यो, कुनको कति ?

बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति बढ्यो, कुनको कति ?


काठमाडौं – पछिल्लो समय वाणिज्य बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिमा उलेख्य वृद्धि देखिएको छ । कात्तिक मसान्तसम्म बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिमा उलेख्य वृद्धि देखिएको हो। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ्ग सम्पत्ति ३८ अर्ब २६ करोड नाघेको छ। गत वर्षको कात्तिकसम्म यस्ताे सम्पत्ति २१ अर्ब ९१ करोड रुपैयाँ बराबर रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक मसान्तमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ्ग सम्पत्ति ५ अर्ब ११ करोड रुपैयाँ बराबर रहँदा एनआईसी एशिया बैंकको ४ अर्ब २८ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १ करोड रुपैयाँ बराबरको रहेको छ ।

हिमालयन बैंकको २ अर्ब ७६ करोड, कुमारी बैंकको २ अर्ब ६१ करोड, नबिल बैंकको २ अर्ब ५९ करोड गैरबैंकिङ्ग सम्पत्ति देखिएको छ  त्यस्तै, प्राइम कमर्शियल बैंकको १ अर्ब ७५ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब ६१ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १२ करोड तथा प्रभु बैंकको १ अर्ब ५ करोड रुपैयाँ बराबरको यस्तो सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कृषि विकास बैंकको ९५ करोड, एनएमबि बैंकको ९२ करोड, सिटिजन बैंकको ८१ करोड, प्रभु बैंकको ७९ करोड, सिद्धार्थ बैंकको ७० करोड, सानिमा बैंकको ६७ करोड बराबरको गैरबैंकिङ्ग सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, एभरेस्ट बैंकको ५१ करोड, नेपाल एसबीआई बैंकको ३५ करोड, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड, नेपाल बैंकको २० करोड गैरबैंकिङ्ग सम्पत्ति रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने कुनैपनि यस्तो सम्पत्ति नरहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।