सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त

सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त


काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको छ ।

देवकाेटाकाे कार्यकाल आगामी ४ वर्षको लागी हुनेछ । कम्पनी सञ्चालक समितिको मंसिर २५ गते बसेको ४४४औं बैठकको निर्णयले कार्यकारी अधिकृतमा सुरेश देवकोटालाई नियुक्त गरेको हो । देवकोटासँग बैंक तथा वित्तीय क्षेत्रकाे लामो अनुभव रहेको छ ।