संस्थापक शेयर बिक्री गर्दै प्राइम कमर्सियल बैंक

संस्थापक शेयर बिक्री गर्दै प्राइम कमर्सियल बैंक


काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल कायम संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या र मूल्यको जानकारी भने खुलाएको छैन। सो शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्ने बताएको छ ।